तीन सय ८३ तोल सुन र नगद पाँच लाख चोरी

नेपालभ्युज

तीन सय ८३ तोल सुन र नगद पाँच लाख चोरी

काठमाडौं । बुटवलमा तीन सय ८३ तोला सुन र नगद पाँच लाख चोरी भएको छ। बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट करिब पाँच करोड मूल्यबराबरको गरगहना र नगद पाँच लाख चोरी भएको हो।

घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ। सिसीक्यामेरा फुटेज हेरेर अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ। भारतीय नागरिकहरू चोरीमा संलग्न रहेको प्रहरीको आंशका छ।

सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले यो चोरीको घटना रूपन्देहीमा अहिलेसम्मकै ठूलो भएको बताए। पटकपटक सुनचाँदी पसलमा चोरी हुने घटना भए पनि संलग्नहरू पक्राउ नपरेको व्यवसायीहरू बताउँछन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले सुन चोरी गर्नेहरूको खोजी जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved