असारसम्म मोबाइल र टिभीसहित यी १० वस्तु नेपाल भित्र्याउन नपाइने

नेपालभ्युज

असारसम्म मोबाइल र टिभीसहित यी १० वस्तु नेपाल भित्र्याउन नपाइने

काठमाडौँ। सरकारले असार मसान्तसम्मका लागि १० वस्तुको आयातमा बन्देज लगाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर कुरकुरे, मदिरा, टिभी, मोबाइल, मोटरसाइकल‍लगायत १० वस्तुको आयातमा रोक लगाएको हो। विलासी उपभोग्य वस्तु असार मसान्तसम्म आयातमा बन्देज लगाइएको हो।

आयात बन्देज लगाइएको वस्तुहरुमा कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा प्रदार्थबाहेक) छन्।

त्यस्तै, हिरा (औद्योगिक कच्चा प्रदार्थबाहेक), मोबाइल सेट, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि_, जिप, कार र भ्यान, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौना र तास आयातमा बन्देज लगाइएको छ।

राजपत्रअनुसार २०७९ वैशाख १३ गतेभन्दा अगाडि बुकिङ माध्यमबाट आयातको प्रक्रिया भएको हकमा यो व्यवस्था लागू हुँदैन। त्यस्तै, नेपालस्थित कूटनीतिक नियोगले आफ्नो प्रयोजनका लागि यी वस्तुहरु आयात गर्न सक्ने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved