१५.०२ अंकले घट्यो नेप्से, अघिल्लो दिनको तुलनामा एक अर्ब कम कारोबार

नेपालभ्युज

काठमाडौं । मंगलबार शेयर बजार १५.०२ अंकले घटेर २,३७०.९९ विन्दुमा पुगेको छ। आज कारोबार रकम अघिल्लो दिनको तुलनामा एक अर्ब बढीले घटेको छ।

सोमबार शेयर बजार ३४.९५ अंकले घटेर २,३८६.०१ को विन्दुमा पुगेको थियो भने २ अर्ब ४ करोड २२ लाख रुपैयाँको कारोबार भएको थियो। सोमबार २३९ किसिमका धितोपत्र तथा ऋण कारोबार हुँदा ५० लाख ४७ हजार ७६९ शेयर किनबेच भएको थियो।

मंगलबार भने २२८ किसिमका धितोपत्र तथा ऋण कारोबार हुँदा ३४ लाख १९ हजार २२८ शेयर किनबेच भएको छ।

कुल २२८ किसिमका धितोपत्र तथा ऋण कारोबार हुँदा जम्मा ५८ वटाको मूल्य बढेको छ भने १६१ वटाको मूल्य घटेको छ। आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले बढेको छ। अघिल्लो दिन पनि जाल्पा लघुवित्तको शेयर सोही दरमा बढेको थियो। यसबाहेक अन्यको ६ प्रतिशतभन्दा कमले मात्रै शेयर मूल्य बढेको छ।

आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनर लिमिटेडको शेयर घटेको छ। कम्पनीको ५.४१ प्रतिशतले घटेको हो। मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचअल फन्ड र म्यानुफ्याक्चर एन्ड प्रडक्सनबाहेक सबैको मूल्य घटेको छ। म्युचअल फन्डको १.६२ प्रतिशतले बढेको हो।

कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै रकमको कारोबार भएको कम्पनीमध्ये सिद्धार्थ बैंक, अपि पावर, नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था, अरुण भ्याली हाइड्रो पावर, हिमालयन डिस्टिलरी, एनआइसी एशिया बैंक, नबिल बैंकलगायत हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved