प्रतितोला ९ सयले सुनको मूल्य घट्यो

नेपालभ्युज

प्रतितोला ९ सयले सुनको मूल्य घट्यो

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रति तोला रु ९०० ले घटेर रु ९९ हजार ३०० तोकिएको छ।

उक्त सुन अघिल्लो दिन प्रतितोला रु एक लाख २०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० कायम भएकामा अघिल्लो दिन प्रतितोला रु ९९ हजार ७०० थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३५० कायम रहेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०२ डलर आसपास कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved