काठमाडौं। देशलाई चुनाव लागेको छ। नलागोस् पनि किन? लोकतन्त्रको आधारभूत चरित्र नै चुनाव हो। तर लोकतन्त्र निर्वाचनमा मात्र सीमित हुँदैन। यो त निरन्तर बहस, प्रश्न, आलोचना, समीक्षाबाट अघि बढ्छ। त्यसका लागि सधैँ साथी बन्छन्, पुस्तक र पुस्तकालय।
सार्वजनिक पुस्तकालयहरू पब्लिक स्पेस हुन् जसले सार्वजनिक विमर्शलाई बलियो बनाउँछन्। सार्वजनिक विमर्श जति सघन हुन्छ, लोकतन्त्र पनि त्यति नै बलियो हुन्छ।
त्यसो त नेपालमा प्रजातान्त्रिक आन्दोलनको शुरूआत नै लाइब्रेरी स्थापनासँगै भएको थियो।
यस्तो विरासत बोकेका पुस्तकालय कस्ता छन् त ? त्यसको केही दृश्य देखाउन सक्छन् काठमाडौं उपत्यकाका पुस्तकालयले।
केन्द्रीय पुस्तकालय, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर
डिल्लीरमण-कल्याणी स्मृति पुस्तकालय, लाजिम्पाट
जनज्योती पुस्तकालय, भक्तपुर
काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, भृकुटीमण्डप
केशर पुस्तकालय, ठमेल
नेपाल-भारत पुस्तकालय, न्यूरोड
Facebook Comment
Comment