विराटनगरका कांग्रेस उम्मेदवार कोइराला भन्छन्, ‘शिक्षा र स्वास्थ्य मुख्य चुनावी एजेण्डा’

विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेसका जिल्ला उपाध्यक्ष कोइराला र जसपाका महानगर अध्यक्ष यादवले उम्मेदवारी दर्ता गराएका हुन्।

विराटनगरका कांग्रेस उम्मेदवार कोइराला भन्छन्, ‘शिक्षा र स्वास्थ्य मुख्य चुनावी एजेण्डा’

विराटनगर। सत्ता गठबन्धनको तर्फबाट विराटनगरको मेयरमा नागेश कोइराला र उपमेयरमा अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन्।

विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेसका जिल्ला उपाध्यक्ष कोइराला र जसपाका महानगर अध्यक्ष यादवले उम्मेदवारी दर्ता गराएका हुन्।

गठबन्धनको किचलोका कारण आइतबार रातिसम्म कांग्रेसको उम्मेदवारको टुङ्गो लाग्न सकेको थिएन। नेपाली कांग्रेसको महानगरमा टिकट वितरणमा विवाद भएपछि सभापति शेरबहादुर देउवा एक्लैले टिकट तोक्ने अधिकार लिएका थिए।

घोषणापत्र सार्वजनिक भएपछि बसेको कार्यसम्पादन समितिको बहुमतबाट देउवालाई संसदीय समितिको अधिकार मिलेको थियो। त्यसपछि देउवाले आवश्यक परामर्श गरेर एक्लै उम्मेदवार टुङ्याएका थिए।

जसपाले भने आइतबार साँझ आफ्नो उम्मेदवार टुङ्गो लगाएको थियो।

सोमबार पत्रकारहरुसँग छोटो कुराकानी गर्दै मेयर पदका उम्मेदवार कोइरालाले शिक्षा र स्वास्थ्य आफ्नो प्रमुख प्राथमिकतासहितको चुनावी एजेन्डा रहेको बताए।

कोइरालाले आफू विराटनगरको मेयरमा निर्वाचित भएर आएपछि करको दायरा फराकिलो बनाएर करको भार न्यून बनाउन भूमिका खेल्ने दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved