प्रधानमन्त्री र विश्व स्वास्थ्य संगठनका महानिर्देशकबीच भेट

नेपालभ्युज

प्रधानमन्त्री र विश्व स्वास्थ्य संगठनका महानिर्देशकबीच भेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससबीच भेट भएको छ।

प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनेगरी सरकाले विभिन्न कार्यक्रमहरु संचालन गरेको जानकारी गराएका थिए । साथै, कोभिड नियन्त्रण लगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगको लागि पनि प्रधानमन्त्रीले धन्यवाद व्यक्त गरेका थिए।

प्रधानन्त्रीले नेपाली स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि, स्वास्थ्यको क्षेत्रमा बहुपक्षिय साझेदारी लगायतका विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको धारणा पनि भेटमा राखेका थिए।

भेटमा महामनिर्देशक डा. टेड्रोसले नेपालले कोरोना विरुद्धको खोप अभियान प्रभावकारी रुपमा व्यवस्थापन गरेको र प्राय सबैजसोलाई खोप लगाईसकेकोमा प्रधानमन्त्रीको प्रशंसा गरेका थिए। कोभिड नियन्त्रण तथा रोकथाममा पनि नेपाल सरकारको रणनीति प्रभावकारी भएको उनको भनाइ थियो।

डा. टेड्रोसले नेपालले दक्षिण एसियामै टाइफाइड विरुद्ध बालवालिकाहरुलाई खोप सुरु गरेकोमा पनि नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेका थिए।

नेपालले छोटो समयमा बाल तथा मातृ मृत्यु दर घटाएको लगायतका विभिन्न स्वास्थ्य सुचकहरुमा गरेको प्रगतिको पनि प्रशंशा गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved