कांग्रेसलाई दिने सहमति गरेको विराटनगरमा जसपाले आफ्नै उम्मेदवार सिफारिस गर्‍यो

नेपालभ्युज

कांग्रेसलाई दिने सहमति गरेको विराटनगरमा जसपाले आफ्नै उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल मोरङले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरमा आठजनाको नाम सिफारिस गरेको छ।गठबन्धनमा विराटनगरको मेयर कांग्रेसले पाए पनि जसपाले पनि मेयर र उपमेयर भन्दै आठजनाको नाम सिफारिस गरेको हो।

गठबन्धनमा जसपाले विराटननगरको उपमेयर पाएको छ। शुक्रबार जसपा मोरङले केन्द्रीय कार्यालयमा गरेको सिफारिसमा आठ जनाको नाम समावेश गरिएको छ। जसमा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवको नाम पनि राखिएको छ।

अमरेन्द्रसहित भुराज राई, डा.रामविलास यादव, मो।नसरूल, विमला अर्याल, उमेश यादव, सदिना खातुन र कुन्ता राईको नाम मेयर र उपमेयरमा सिफारिस गरिको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवार दर्ता हुनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved