पाँच दलीय गठबन्धन राजावादीसँग मिलेर ६ दलीय भइसक्यो : केपी ओली

आफूले गरेको प्रतिनिधिसभा विघटन भूलचूकले पनि गलत नभन्न नेता कार्यकर्तालाई निर्देशन दिँदै उनले प्रतिनिधिसभा विघटनले नै एमाले जोगिएको बताए।

नेपालभ्युज

पाँच दलीय गठबन्धन राजावादीसँग मिलेर ६ दलीय भइसक्यो : केपी ओली
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन राजावादीसँग मिलेको आरोप लगाएका छन्। उनले राजावादी राप्रपासँग मिलेर पाँच दलीय गठबन्धन ६ दलीय भएको आरोप लगाए।

‘‘अहिले पाँच दलीय गठबन्धन ६ दलीय भइसक्यो, अब त राजावादी राप्रपासँग पनि उनीहरूको गठबन्धन भइसक्यो,” उनले भने, ‘‘झापाको मेरै निर्वाचन क्षेत्रमा राजावादी राप्रपाको उम्मेदवारलाई कांग्रेस, माकुने, प्रचण्ड सबै गुटले साझा उम्मेदवार मानेर एमालेविरुद्ध आइ नै सके। त्यसकारण यो पाँचदलीय हैन ६ दलीय गठबन्धन भइसक्यो।”

उनले आफूले गरेको प्रतिनिधिसभा विघटन भूलचूकले पनि गलत नभन्न पार्टी नेता कार्यकर्तालाई निर्देशन दिँदै विघटनले नै एमाले जोगिएको बताए।  प्रचण्ड, माधव नेपालहरूले संगठन कब्जामा लिइसकेकाले विघटन नगरे एमाले पनि उनीहरूको कब्जामा जाने खतरा भएको बताए।

यसैगरी फरक प्रसंगमा उनले अघिल्लो पटक एमालेलाई मधेशमा प्रवेश नदिइएकोमा अहिले मधेशमा एमाले प्रवेश गर्नेको लहर चलेको दाबी गरे। देशैभर एमालेप्रति आकर्षण बढेकाले निर्वाचनमा आफूहरूले बहुमत ल्याउने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved