पाटन विष्फोट : छरिएर रहेका मानव अंग बटुल्दै प्रहरी (तस्वीरहरू)

पाटन विष्फोट : छरिएर रहेका मानव अंग बटुल्दै प्रहरी (तस्वीरहरू)

ललितपुर। ललितपुरको औद्योगिक क्षेत्रभित्रको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटपछि त्यहाँ छरिएको मानव अंग प्रहरीले बटुलेको छ।

उक्त विष्फोटमा भारतीय नागरिक बृज कुमार महतो निधन भएको छ भने एक जना गम्भीर घाइते र ६ जना घाइते भएका ललितपुर प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारार्थ पाटन अस्पताल र बीएण्डबी अस्पताल लगिएको छ।

घटनास्थलमा मानिसका शरीर अंगहरू छरिएका छन्। उद्योगको छानासमेत ध्वस्त भएका छन्। घटनास्थलभन्दा पर पर रहेका घरहरूमा समेत क्षति भएको छ।

विस्फोटको समयमा त्यहाँ १० जना रहेका बताइएको छ। दुई जना अझै सम्पर्कबाहिर छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved