आयल निगम भन्छः पेट्रोलको मूल्य घटेर आए पनि प्रतिमहीना ७ अर्ब ४७ करोड घाटा छ

नेपालभ्युज

आयल निगम भन्छः पेट्रोलको मूल्य घटेर आए पनि प्रतिमहीना ७ अर्ब ४७ करोड घाटा छ

काठमाडौं । भारतबाट पेट्रोलको मूल्य घटेर आए पनि आगामी १५ दिनमा ३ अर्ब ७४ करोड रुपैयाँ घाटा हुने नेपाल आयल निगमले जनाएको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले हिजो (सोमबार) पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर नयाँ मूल्यसूची पठाएको थियो। जसमा पेट्रोलको मूल्य ४ रुपैयाँ ७९ पैसा घटेको छ भने डिजेलमा २ रुपैयाँ २ पैसा तथा हवाई इन्धनमा ३८ पैसा बढाइएको छ।

अहिले पनि प्रतिमहीना ७ अर्ब ४७ करोड रुपैयाँ नोक्सानी हुने निगमले जनाएको छ। निमगले सञ्चित रकम र अन्य कोषका रकमहरू सबै पेट्रोलियम पदार्थमा खर्चिएको र आईओसीलाई तिर्नुपर्ने रकम पनि ऋण लिनुपर्ने अवस्थामा निगम रहेको उसले जनाएको छ।

 

 

No photo description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved