रातो मच्छिन्द्रनाथलाई स्नान गराइयो (फोटो फिचर)

रातो मच्छिन्द्रनाथलाई स्नान गराइयो (फोटो फिचर)

काठमाडौं। रातो मच्छिन्द्रनाथको रथयात्राको तयारी शुरु भएको छ। हरेक वर्ष मछिन्द्रनाथको रथयात्राअघि मूर्तिलाई स्नान गराउने प्रचलन छ। अब रथ निर्माणको शुरु गरिन्छ।

यस वर्ष १८ वैशाखदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुँदैछ।

१६ सय वर्षको इतिहास रहेको रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल पक्ष प्रतिपदा देखि शुरु भई असार शुक्ल चौथीसम्म करीब दुई महीनासम्म मनाइन्। रातो मच्छिन्द्रनाथको जात्रा नेपालको सबैभन्दा लामो समयसम्म चल्ने जात्रा हो।

हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्ध मध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन्। लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दाबी गर्‍यो।

दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद पर्‍यो। उक्त विवाद राजासमक्ष पुर्याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन्। उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए। सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved