भाटभटेनी जात्राको तयारी पूरा

यही जात्राका लागि भाटभटेनीलाई रङरोगन गर्न मन्दिरबाट बाहिर निकालिन्छ।

नेपालभ्युज

भाटभटेनी जात्राको तयारी पूरा

काठमाडौं। टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष मनाइने भाटभटेनी जात्रा आजदेखि शुरु हुँदै छ।

प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि शुरु गरिने भाटभटेनी जात्रा आजदेखि काठमाडौं महानगरपालिका–५ को हाँडीगाउँ र वडा नंं ४ को टुँडालदेवी बालुवाटार क्षेत्रमा मनाइँदै छ।

जात्राका लागि नक्सालको माने खटसमेत ल्याइने जात्रा सञ्चालन समितिका अध्यक्षसमेत रहेका काठमाडौं–५ का अध्यक्ष रमेश डङ्गोलले जानकारी दिए। भातको देउता बनाएर आज टुँडालदेवीमा लगिने जानकारी पनि उनले गराए।

आज बेलुकीदेखि हुने जात्राका लागि सबै तयारी पूरा भएको जनाइएको छ। काठमाडौंमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये भाटभटेनी पनि एक हो। यसलाई हाँडीगाउँ, टुँडालदेवी र गहना खोज्ने जात्रा भनेर पनि चिनिन्छ।

यही जात्राका लागि भाटभटेनीलाई रङरोगन गर्न मन्दिरबाट बाहिर निकालिन्छ।

यो जात्राको शुरु भएका सम्बन्धमा एउटा कथा प्रचलित छ।
धेरै वर्ष पहिले चण्डोलको टुँडालदेवी, नक्सालको महालक्ष्मी, बालाजुको मनमैँजु र नुवाकोटी देवी स्नान गर्न भनी ठूलो ताल हाल गहनापोखरी भएको स्थानमा गएछन्। स्नान गर्ने क्रममा टुँडालदेवीको गहना पोखरीमा हराएछ। त्यसैबेलादेखि यो पोखरीको महत्व बढ्नाका साथै नाम पनि गहनापोखरी राखिएको रहेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved