सलमानको कार्यक्रममा सुरक्षा व्यवस्था चुस्त बनाउन भाइ सोहेल खानको अनुरोध

बलिउड अभिनेता सलमान खानको काठमाडौ‌को दशरथ रङ्गशालामा हुने कार्यक्रममा सुरक्षाको विशेष प्रबन्ध गर्न सलमान खानका भाइ सोहेल खानले अनुरोध गरेका छन्। कार्यक्रममा बालबालिका र महिलाहरू पनि उपस्थित हुने भएकाले उनीहरूको सुविधाका लागि स्थानीय प्रशासनले विशेष ध्यान दिनुपर्ने खानले बताए।

नेपालभ्युज

सलमानको कार्यक्रममा सुरक्षा व्यवस्था चुस्त बनाउन भाइ सोहेल खानको अनुरोध

काठमाडौं। बलिउड अभिनेता सलमान खानको काठमाडौ‌को दशरथ रङ्गशालामा हुने कार्यक्रममा सुरक्षाको विशेष प्रबन्ध गर्न सलमान खानका भाइ सोहेल खानले अनुरोध गरेका छन्। कार्यक्रममा बालबालिका र महिलाहरू पनि उपस्थित हुने भएकाले उनीहरूको सुविधाका लागि स्थानीय प्रशासनले विशेष ध्यान दिनुपर्ने खानले बताए।

१४ जेठमा हुने कार्यक्रममा २५ देखि ३५ हजार दर्शक उपस्थित हुने अपेक्षा रहेको आयोजक ओडीसी इन्टरटेनमेन्टले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। कार्यक्रमका लागि सलमानसहितको टिम तीन दिन नेपालमा बस्नेछ। कार्यक्रममा भारतीय कलाकारहरू ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा र आयुष शर्माको पनि सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

पत्रकार सम्मेलनमा बलिउड अभिनेता तथा सलमान खानका भाइ सोहेल खान पनि उपस्थित थिए। उनको जेए इभेन्ट म्यानेजमेन्ट कम्पनीले कार्यक्रमका लागि ओडीसी इन्टरटेनमेन्टसँग सहकार्य गरेको छ।

पत्रकार सम्मेलनमा आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले सलमानको ‘द ब्याङ टुर रिलोडेड’का लागि तीन प्रकारको टिकट दर कायम गरिएको बताए। कार्यक्रमका लागि ५ हजार, १० हजार र २५ हजार रुपैयाँको टिकट दर तोकिएको उनले बताए।

कार्यक्रमको खर्च प्रायोजक र टिकट बिक्रीबाट व्यवस्थापन हुने आयोजकको अपेक्षा छ। कोरोना महामारीले थला पारेको नेपालको पर्यटनलाई उकास्न सलमान खानको उपस्थितिले सघाउने गुरुङले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved