एक महिलाको शंकास्पद मृत्यु, श्रीमान् र सासू–ससुरा प्रहरी नियन्त्रणमा

अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो। श्रीमानबाट पटकपटक यातना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएको र आइन्दा मिलेर बस्ने सहमति भएको थियो।

एक महिलाको शंकास्पद मृत्यु, श्रीमान् र सासू–ससुरा प्रहरी नियन्त्रणमा

बुटवल। वर्ष २०७९ को पहिलो दिन नै रुपन्देहीमा एक महिलाको शंकास्पद मृत्यु भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ जानकीनगरकी २९ वर्षीया अमृता टण्डनको आफ्नै घरमा मृत्यु भएको हो।

बिहीबार जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक-पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षले दाबी गरेको छ।

अमृतालाई परिवारकै सदस्यले हत्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी विष सेवन गरेको बहाना बनाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएको माइती पक्षको आरोप छ।

अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो। श्रीमानबाट पटकपटक यातना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएको र आइन्दा मिलेर बस्ने सहमति भएको थियो। मृतकका ५ वर्षीय छोरा छन्।

घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै माइती पक्ष र स्थानीयले टण्डनको घर घेराउ र नाराबाजी गरेका छन्।

मृतकका श्रीमान्, सासू र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved