एमसीसी सम्झौताबारे भ्रम कांग्रेसले चिरेको छः प्रकाशशरण महत

नेपालभ्युज

एमसीसी सम्झौताबारे भ्रम कांग्रेसले चिरेको छः प्रकाशशरण महत
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेसले एमसीसी सम्झौताको सम्बन्धमा जनतामा रहेको भ्रमलाई चिरेको बताएका छन्।

पार्टीको एकमहीनले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको सम्बन्धमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले त्यसैगरी कांग्रेसले गरेका विकास निर्माणको कामको सम्बन्धमा पनि जनतालाई बुझाएको बताए।

विगतमा कोभिड–१९ को बेलामा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचारका कारण कोभिडको व्यवस्थापन गर्न नसकेको भन्दै प्रवक्ता महतले कांग्रेस नेतृत्वको सरकार आएपछि खोपलाई व्यापकता दिन सकेको र कोभिड व्यवस्थापन गर्न सकेको कुरा जनतालाई स्पष्ट पारको पनि बताए।

ओली नेतृत्वको सरकारले गरेका गलत काम बारे पनि जनतालाई जानकारी गराउँदै कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामहरूको प्रचार गरिएको उनले बताए। भने, “यस बीचमा नेपाली कांग्रेसले विगतमा गरेका कामहरू जुन ओझेलमा परेका थिए। हामीले प्रचार गरेनौँ। काम गरिहालेका छौँ। जनताले आफैँ बुझिहाल्छ भन्ने मानसिकतामा हामीले काम गर्‍यौं। जसले गर्दा हाम्रा कामहरू त्यति हाइलाइट हुन सकेका थिएनन्। त्यसलाई पनि यो अभियानको दौरानमा हामीले जनताको बिचमा सुस्पष्ट ढंगले राख्न सक्यौँ।”

प्रवक्ता महतले स्थानीय तह निर्वाचन नजिकिए पनि टिकटको तय गर्न प्राविधिक कठिनाइ भएको बताए। गठबन्धन र तालमेलका कारण टिकटको टुंगो लगाउन ढिलाइ भएको उनले बताए।

स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्ने उनले स्पष्ट पारे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved