वैज्ञानिकहरूले समुद्रमा फेला पारे ५ हजार बढी नयाँ भाइरस, जोगिने तयारी गर्न आग्रह

नेपालभ्युज

वैज्ञानिकहरूले समुद्रमा फेला पारे ५ हजार बढी नयाँ भाइरस, जोगिने तयारी गर्न आग्रह

विश्व नै दुई वर्षदेखि कोरोना भाइरससँग लडिरहेको बेला अब वैज्ञानिकहरूले समुद्रमा ५ हजार ५ सय नयाँ भाइरस फेला पारेका दाबी गरेका छन्।

अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले कोरोनाजस्तै यो पनि ‘आरएनए’ भाइरस भएको पत्ता लगाएका छन्। ती भाइरस भारतको अरब सागर र हिन्द महासागरको उत्तरपश्चिमी क्षेत्रमा पनि रहेको वैज्ञानिकहरूले दाबी गरेका छन्।

यो अध्ययन हालै साइन्स जर्नलमा प्रकाशित भएको छ। भाइरस पत्ता लगाउन वैज्ञानिकहरूले विश्वका सबै समुद्रका १२१ क्षेत्रबाट ३५ हजार पानीको नमूना लिएका थिए। अनुसन्धानमा उनीहरूले करीब ५ हजार ५ सय नयाँ आरएनए भाइरस फेला पारेका छन्। यी ५ विद्यमान प्रजाति र ५ नयाँ प्रजातिका छन्।

अनुसन्धानकर्ता म्याथ्यू सुलिवानका अनुसार नयाँ भाइरसको संख्या धेरै कम छ। तर भविष्यमा लाखौं भाइरस भेटिने सम्भावना छ।

वैज्ञानिकहरूले डीएनए भाइरसको तुलनामा वैज्ञानिकहरूले कम अध्ययन गरेकाले विशेष आरएनए भाइरसबारे यो अनुसन्धान गरिएको बताएका छन्। सुलिवानले भने, ‘आज हामी ती आरएनए भाइरसहरू मात्र जान्दछौं जसले संसारलाई मृत्युको जोखिममा पारेको छ।’

उनले थपे, ‘जसमा कोरोना, इन्फ्लुएन्जा र इबोला भाइरस पर्छन्। तसर्थ, भविष्यमा नयाँ रोगहरूबाट बच्न, हामीले पहिलेदेखि नै तयारी गर्न आवश्यक छ।’

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved