यस्तो छ नेपाल टेलिकमले नयाँ वर्षमा ल्याएको अफर

नेपालभ्युज

यस्तो छ नेपाल टेलिकमले नयाँ वर्षमा ल्याएको अफर

काठमाडौं। नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ। यो अफर २९ चैतदेखि ३ वैशाखसम्म उपलब्ध हुनेछ। यस अफरअन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रुपैयाँ उपलब्ध हुनेछ।

यसै गरी तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरीद गर्न सकिने छ। *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरीद गर्न सकिन्छ।

साथै २०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जीबीको डाटा प्याक ५०० रुपैयाँ तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved