सिन्धुपाल्चोक पुगेर प्रधानमन्त्री देउवाले मेलम्ची खानेपानी उद्घाटन गर्ने

उद्घाटनको दुई दिनभित्र काठमाडौंको धारामा पानी आउने खानेपानीसचिव आचार्यले बताए।

नेपालभ्युज

सिन्धुपाल्चोक पुगेर प्रधानमन्त्री देउवाले मेलम्ची खानेपानी उद्घाटन गर्ने

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको दोस्रोपटक उद्घाटन हुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार सिन्धुपाल्चोकस्थित अम्बाथान पुगेर आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

अघिल्लो वर्ष २० चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजनाको उद्घाटन गरेका थिए। दैनिक १७ करोड लिटर पानी काठमाडौंमा वितरण गर्नेगरी पानी वितरण थालिएकोमा गत १ असारमा आएको बाढीले काठमाडौं ल्याउने खानेपानीको बाँध र सुरुङमा क्षति पुगेपछि मेलम्ची खानेपानी आयोजना प्रभावित भएको थियो।

बाढीले पुगेको क्षतिका कारण रोकिएको पानी चैत मसान्तभित्रै काठमाडौंमा पुन: झार्नेगरी काम सम्पन्न भएको खानेपानीमन्त्री उमाकान्त चौधरीले जनाएका छन्। अस्थायी रूपमा मेलम्ची खानेपानी चैत मसान्तभित्र काठमाडौं झार्ने सरकारको योजनाअनुरूप मंगलबार मेलम्ची खानेपानी आयोजनाको पुन: उद्घाटन गर्न लागिएको हो।

मंगलबार अम्बाथान अडिटमा पुगेर प्रधानमन्त्री देउवा र खानेपानीमन्त्री चौधरीले आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। मंगलबार अम्बाथानबाट सुरूङमा पानी हालिने खानेपानीसचिव सुरेश आचार्यले जानकारी दिएका छन्। उद्घाटनको दुई दिनभित्र काठमाडौंको धारामा पानी आउने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved