विराटनगरको मेयरमा एमालेबाट पाँच जनाको नाम सिफारिस

विराटनगरको मेयरमा एमालेबाट पाँच जनाको नाम सिफारिस

विराटनगर। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरमा ५ जनाको नाम सिफारिस गरेको छ। विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा बसेको एमाले विराटनगर महानगर कमिटिको बैठकले महानगरको प्रमुखमा ५ र उपप्रमुखमा ३ जनाको नाम सिफारिस गरेको हो।

विराटनगर महानगरपालिकाको प्रमुखमा एमालले रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरिएको छ। सिफारिस गरिएका थापा एमाले विराटनगरका अध्यक्ष, साह केन्द्रीय सदस्य, कार्की जिल्ला उपाध्यक्ष तथा बस्नेत र भट्टराई प्रदेश सदस्य हुन्।

यस्तै, उपप्रमुखमा शिल्पा कार्की, बिमला घिमिरे दाहाल, अञ्जु उपाध्यायको नाम सिफारिस गरेको एमाले विराटनगर महानगरपालिको अध्यक्ष सागर थापाले बताए। कार्की महानगरपालिकाकी उपाध्यक्ष, दाहाल प्रदेश सदस्य र उपाध्याय जिल्ला सदस्य रहेकी छन्।

एक जना मात्र उम्मेदवार सिफारिस गर्ने योजनाअनुसार महानगर कमिटीमा लामो समय छलफल गरी प्रत्यासी उम्मेदवारहरूबीच सहमति जुट्न सकेन। सहमति नजुटेपछि प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको नाम जिल्ला कमिटीमा पठाइएको हो। महानगरको उम्मेदवारीको विषयमा केन्द्रीय कमिटीले अन्तिम टुङ्गो लगाउने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved