काठमाडौंको फोहोरबाट बिजुली र ग्यास उत्पादन गरौँ : देउवा

“काठमाडौं जस्तो सुन्दर शहर अहिले जताततै फोहोरको थुप्रो भएको छ। यो हामी नेपालीको लागि बेइज्जत लाजमर्दो कुरा हो। काठमाडौंलाई क्लिन, ग्रिन बनाउन जरुरी छ,” देउवाले भने।

नेपालभ्युज

काठमाडौंको फोहोरबाट बिजुली र ग्यास उत्पादन गरौँ : देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने बताएका छन्। उनले सम्बन्धित निकायलाई यसको तयारीमा लाग्न निर्देशन दिएका छन्।

बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन्। उनले काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरुरी भइसकेको पनि बताए।

प्रधानमन्त्री देउवाले धरानमा फोहोरबाट बिजुली र ग्यास उत्पादन गरी टेम्पो लगायतका साना सवारीसाधन सञ्चालन गरिएको भन्दै काठमाडौंको फोहोरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए। उनले फोहोर व्यवस्थापन गर्नका लागि सरकारबाट चाहिने सहयोग गर्न आफू प्रतिवद्ध रहेको पनि बताए।

सुन्दर शहर काठमाडौं अहिले फोहोरको थुप्रो भएको भन्दै प्रधानमन्त्री देउवाले काठमाडौंलाई सुन्दर र हरियाली बनाउनु आजको आवश्यकता भएको बताए। उनले फोहोरलाई डम्पिङ साइटमा फाल्ने नभइ बिजुली र ग्यास निकालेर यसको उपयोग गर्न सक्नुपर्ने बताए। उनले फोहोरबाट बिजुली र ग्यास निकाल्ने काम गर्न नेपाल आफैले सक्ने पनि बताए।

“काठमाडौं जस्तो सुन्दर शहर अहिले जताततै फोहोरको थुप्रो भएको छ। यो हामी नेपालीको लागि बेइज्जत लाजमर्दो कुरा हो। काठमाडौंलाई क्लिन, ग्रिन बनाउन जरुरी छ,” देउवाले भने, “त्यसलाई व्यवस्थापन गरे मात्र पनि रोगको संक्रमण कम हुन्छ। के के सहयोग चाहिन्छ सरकारले गर्न तयार छ। फोहोर व्यवस्थापन गर्नुहोस्। यसलाई डम्पिङ साइटभन्दा पनि यसलाई ट्रिटमेण्ट प्लान्ट गरेर पनि यसबाट फाइदा लिऔँ।”

प्रधानमन्त्री देउवाले बालबालिकालाई लगाइने खोप अभियानमा टाइफाइट समावेश गरेसँगै नेपाल दक्षिण एशियामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने पहिलो मुलुक बनेको बताए। उनले फोहोरको उचित व्यवस्थापन गर्नसके मात्रै पनि कतिपय रोगहरुको निवारण हुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved