पोखरा–जनकपुर सिधा उडान सुरु

नेपालभ्युज

पोखरा–जनकपुर सिधा उडान सुरु

पोखरा। पर्यटकीय नगरी पोखराबाट जनकपुरको सिधा उडान आजदेखि सुरु भएको छ। बुद्ध एयरले हप्ताको तीन दिन उडान गर्ने गरी उडान थालेको हो।

पोखरा–जनकपुर प्रत्येक हप्ता शनिबार, सोमबार र बुधबार उडान गरिने बुद्धका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालले जानकारी दिए। पहिलो चरणमा हप्तामा तीन दिन र यात्रु सङ्ख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको बताउँदै उनले हालका लागि १८ सिट क्षमताको जहाजबाट उडान थालिएको जानकारी दिए। पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली आज जनकपुर गएको छ।

पचास मिनेटको हवाई यात्रा हुने पोखरा–जनकपुरको उडानमा प्रतियात्रुु सबैभन्दा बढी रु नौ हजार ३६० र सबैभन्दा कम रु चार हजार १०० भाडा निर्धारण गरिएको छ। उडानसँगै दुई सहरबीचको प्राकृतिक र सांस्कृतिक पर्यटन प्रवद्र्धनमा सहयोग पुुग्ने विश्वास लिइएको छ।
बुद्ध एयरले केही दिन अघिमात्र पोखराबाट सुदूरपश्चिमको धनगढीसम्म पनि उडान सुरु गरेको थियो। त्यस्तै काठमाडौँसँगै भरतपुर, भैरहवा, नेपालगञ्ज, सिमरासम्म उडान गरिरहेको बुद्ध एयरले आगामी केही समयभित्रै पोखराबाट विराटनगर र भद्रपुरसम्म पनि उडान गर्ने तयारी गरेको छ।

पहिलो उडानमा सहभागी बन्नुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले अन्तरप्रदेश हवाई सञ्जालले पर्यटन प्रवद्र्धनमा सघाउने विश्वास व्यक्त गरे। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा तीनदिने भ्रमणका लागि मुख्यमन्त्रीसहितको टोली जनकपुर गएको हो। गण्डकीका मुख्यमन्त्री पोखरेलको निमन्त्रणामा गत असोज ६ गते मधेस प्रदेशका मुख्यमन्त्री राउत नेतृत्व टोलीले पोखराको भ्रमण गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved