निफ बहस: राम्रो अभिनय के हो ?

नेपालभ्युज

निफ बहस: राम्रो अभिनय के हो ?

काठमाडौं। ५औँ नेपाल अन्तर्राष्टिय चलचित्र महोत्सवको तेस्रो दिन राम्रो अभिनय के हो ? प्रश्नको उत्तर खोज्न कलाकर्मीहरूले बहस गरे। कलाकार विपीन कार्कीले अभिनय राम्रो र नराम्रो भन्ने नहुने बताए। उनले आफ्नो अनुभूति र अन्य कलाकारको अनुभूति फरक हुने भएकाले कलाकार अभिनयमा इमान्दार हुनुपर्ने बताए।

‘‘अभिनय आ-आफ्नो शैलीमा हुन्छ, एउटै पात्रलाई दुई अलग व्यक्तिले फरक शैलीमा प्रस्तुत हुन्छ,” उनले भने। पात्र आफू जस्तै भयो भने मात्रै त्यो जीवन्त र स्वभाविक देखिने उनको भनाइ थियो।

सबै पात्रको लय मिले मात्र त्यसबाट राम्रो अभिनय निस्किने उनको भनाइ थियो। अभिनय टिम वर्कको विषय भएको उनले बताए।

त्यस्तै नाट्यकर्मी सुनील पोखरेलले पनि कलाकार आफूप्रती इमानदार भए मात्र राम्रो अभिनय हुने बताए। उनले फिल्म निर्देशन र थिएटर एक्टरको माध्यम भएकाले एक्टरलाई बाँधेर राखे राम्रो अभिनय ननिस्किने मत राखे।

नाटकमा भन्दा चलचित्रमा क्यारेक्टराइजेशन कमजोर हुने प्रसंगमा कलाकार सरिता गिरीले नाटकमा महीनौ रिहर्सल गर्दा अभिनय मात्र हैन क्यारेटराइजेशन पनि बलियो हुने बताइन्। फिल्ममा भने समय थोरै मात्र दिइने भएकाले क्यारेटराइजेशन कमजोर देखिने उनको मत थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved