देउवाद्वारा वाराणसीमा वृद्धाश्रम शिलान्यास

नेपालबाट यहाँ आउनेका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो। नेपाल सरकारले वृद्धाश्रमका निम्ति एक करोड रुपैयाँ विनियोजन गरेको छ।

नेपालभ्युज

देउवाद्वारा वाराणसीमा वृद्धाश्रम शिलान्यास

वाराणसी। भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका छन्। शिलान्यास कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि उपस्थिति थियो।

नेपालबाट यहाँ आउनेका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो। नेपाल सरकारले वृद्धाश्रमका निम्ति एक करोड रुपैयाँ विनियोजन गरेको छ। यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ। उक्त भवनमा ३५ कोठा रहनेछन्। भवन नेपाली शैलीको हुने जनाइएको छ। पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ।

यसैबीच प्रधानमन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले आज यहाँ दिवाभोजको आयोजना गरेका छन्। त्यसअघि उनीहरुबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो।

प्रधानमन्त्री देउवा आजै अपराह्न यहाँबाट नयाँदिल्लीका लागि प्रस्थान गर्ने र साँझ नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved