प्रधानमन्त्री देउवाले बनारसमा नेपाली मन्दिरसँग जोडिएको वृद्धाश्रम शिलान्यास गर्ने

नेपालभ्युज

प्रधानमन्त्री देउवाले बनारसमा नेपाली मन्दिरसँग जोडिएको वृद्धाश्रम शिलान्यास गर्ने
फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज तीन दिने भारत भ्रमण पूरा गरेर नेपाल फर्कदैँछन्। फर्कनुअघि उनले आज बनारसको भ्रमण गर्नेछन्।

बनारसमा नेपाली मन्दिरसँगै जोडिएको एक वृद्धाश्रमको शिलान्यास पनि प्रधानमन्त्रीले गर्नेछन्। यो वृद्धाश्रम अहिले जिर्णोद्धारका क्रममा छ।

नेपालका शासकले २ सय ३८ वर्षपछि पहिलोपटक बनारसमा कुनै पूर्वाधारको शिलान्यास गर्न लागेका हुन्। यसअघि १७८४ मा राजा रणबहादुर शाहले पशुपतिनाथ मन्दिरकै अनुकृति रहनेगरी बनारसमा मन्दिर र धर्मशाला बनाएका थिए।

प्रधानमन्त्री देउवा ९ बजे बनारस एयरपोर्ट पुग्नेछन्, त्यहाँ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदितयनाथले उनको स्वागत गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved