प्रधानमन्त्री देउवा आज स्वदेश फर्किने, त्यसअघि बनारस जाँदै

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कदैछन्। देउवा तीन दिने भ्रमणका लागि गत शुक्रबार भारत गएका थिए।

नेपालभ्युज

प्रधानमन्त्री देउवा आज स्वदेश फर्किने, त्यसअघि बनारस जाँदै

काठमाडौं। भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कदैछन्। देउवा तीन दिने भ्रमणका लागि शुक्रबार भारत गएका थिए।

बिहान त्यहाँको उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाने कार्यक्रम छ। देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नेछन्।

त्यहाँ देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन्। भारत सरकारले विशेष विमानबाट देउवालाई बनारस लैजाने ल्याउने व्यवस्था मिलाएको छ।

यसअघि शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved