प्रधानमन्त्री देउवालाई भारतीय रक्षा राज्यमन्त्रीले दिल्लीमा गरे स्वागत

आजै प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्री एस. जयशंकर र भारतीय राष्ट्रिय सुरक्षा प्रमुख सल्लाकार अजित डोभललाई भेट्ने कार्यक्रम छ।

नेपालभ्युज

प्रधानमन्त्री देउवालाई भारतीय रक्षा राज्यमन्त्रीले दिल्लीमा गरे स्वागत

काठमाडौं। भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई इन्दिरा गान्धि अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका छन्।

आजै प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्री एस. जयशंकर र भारतीय राष्ट्रिय सुरक्षा प्रमुख सल्लाकार अजित डोभललाई भेट्ने कार्यक्रम छ।

उक्त भेटवार्तापछि प्रधानमन्त्री देउवाले आजै भारतीय जनता पार्टीको मुख्यालयको भ्रमण गर्नेछन्।

भाजपा अध्यक्ष जेपी नाड्डाको निमन्त्रणामा प्रधानमन्त्री देउवा भाजपाको मुख्यालय भ्रमणमा जान लागेका हुन्। यस्तै प्रधानमन्त्री देउवाको स्वागतमा दिल्ली बारखम्बास्थित नेपाली दूतावासमा आयोजित रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved