प्रधानमन्त्री देउवाले भाजपा मुख्यालयको भ्रमण गर्ने

विदेशमन्त्री एस जयशंकरलाई पनि आजै भेट्दै

नेपालभ्युज

प्रधानमन्त्री देउवाले भाजपा मुख्यालयको भ्रमण गर्ने
फाइल तस्वीर।

काठमाडौं । आज अपरान्ह भारत भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवा र  चार मन्त्रीसहित ५० सदस्यीय नेपाली प्रतिनिधिमण्डल जाँदैछ प्रधानमन्त्रीले आजै दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयको भ्रमण गर्नेछन्।

२१ असोजमा नेपाली कांग्रेसको तीन सदस्यीय प्रतिनिधिमण्डलले भाजपासँग आपसी सम्बन्ध विस्तारका लागि भन्दै दिल्लीलगायत भारतका अन्य स्थानको भ्रमण गरेको थियो। नेपाली कांग्रेसको प्रतिनिधिमण्डलको उक्त भ्रमणपछि प्रधानमन्त्री देउवाले भाजपाको केन्द्रीय कार्यालयको भ्रमण गर्नुलाई भने रोचक हिसाबमा लिइएको छ। यसअघि भारत भ्रमणमा जाँदा नेपालका कुनै पनि प्रधानमन्त्रीले सत्तारुढ पार्टीको कार्यालय भ्रमण गरेका थिएनन्।

प्रधानमन्त्री देउवाले आजै भारतीय विदेशमन्त्री एस.जयशंकरसँग भेटवार्ता गर्दैछन्। दिल्लीस्थित आईटीसी मौर्य होटलमा प्रधानमन्त्री देउवा बस्ने व्यवस्था मिलाइएको छ भने भारतीय विदेशमन्त्री जयशंंकरले प्रधानमन्त्री देउवासँग त्यही होटलमा भेट्ने बताइएको छ। भेटवार्तामा दुई पक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved