चिनियाँ विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परे

खोज तथा उद्धार कार्यमा २१६ दमकल र १६ ओटा ड्रोन लगायतका उपकरण प्रयोग गरिएको थियो।

नेपालभ्युज

चिनियाँ विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परे

एजेन्सी। दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानको ४० हजारभन्दा बढी टुक्रा फेला परेका छन्।

सरकारी अधिकारीले बिहीबार पत्रकार सम्मेलन गरेर दुर्घटनामा परेको विमानको ४० हजारभन्दा बढी टुक्राहरु फेला परेको जानकारी दिएका हुन्।

चीनको नागरिक उड्डयन प्रशासनको उड्डयन सुरक्षा कार्यालयका प्रमुख झु ताओले भग्नावशेषका अधिकांश टुक्राहरू क्रमबद्ध र थप परीक्षणका लागि भण्डारण स्थलमा सारिएको बताए।

दुर्घटना क्षेत्रको करीब एक करोड वर्ग मिटर वरिपरि खोज जारी राखिएको बताइएको छ।

खोज तथा उद्धार कार्यमा २१६ दमकल र १६ ओटा ड्रोन लगायतका उपकरण प्रयोग गरिएको थियो।

कुनमिङबाट ग्वाङ्झाउका लागि उडेको बोइङ ७३७ विमान दिउँसो २ बजेर ३८ मिनेट जाँदा गुआङ्सीको टेङ्सिआन काउन्टीको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।

२१ मार्चमा १२३ यात्रु र नौ चालक दलका सदस्यहरू सहित जहाजमा रहेका सबै १३२ जनाको मृत्यु भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved