५७ औं आइटेक दिवसमा प्रधानसेनापति शर्मा सम्मानित

नेपालभ्युज

५७ औं आइटेक दिवसमा प्रधानसेनापति शर्मा सम्मानित

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले प्रधानसेनापति प्रभुराम शर्मा र आइटेकका वरिष्ठ अलम्नाइ तथा जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति प्राध्यापक डा राम केवल साहलाई सम्मान गरेको छन्।

दूतावासले ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य आइटेक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मानित गरेको हो। नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राले उनीहरुलाई सम्मान गरे।

यसअघि शिक्षामन्त्री देवेन्द्र पौडेल र क्वात्राले संयुक्त रूपमा कार्यक्रमको कार्यक्रमको उद्घाटन गरेका थिए।

राजदूत क्वात्राले आइटेक अन्तर्गतका विभिन्न प्रशिक्षण कार्यक्रहरुमा नेपाल सबैभन्दा बढी सक्रिय रुपमा सहभागी हुने तथा प्रशिक्षण प्राप्त गर्ने मुलुक रहेको बताए। स्थापनाको ५७ वर्ष अवधिमा आइटेक अन्तर्गतका कार्यक्रमहरुबाट विश्वभरका दुई लाखभन्दा बढी मानिसहरु लाभान्वित भएको उनले बताए।

विगत १५ वर्षदेखि नेपालका विशेष आवश्यकताहरु पूरा गर्न विशेष तवरले बनाइएका विशेष आइटेक कोर्षअन्तर्गत हजारौं नेपाली नागरिकहरुलाई प्रशिक्षण दिइएको दूतावासले जनाएको छ।

कोभिड–१९ महामारीको समयमा पनि नेपाली आइटेक विद्यार्थीहरुको निरन्तरतालाई सुनिश्चित गर्दै इ–आइटेक कोर्षमार्फत प्रशिक्षण प्रदान गर्न भारतीय राजदूतावासले चालेका प्रयासहरुको मन्त्री पौडेलले प्रशंसा गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved