कांग्रेस केन्द्रीय समिति बैठक

कोइराला पक्षको गठबन्धन नगर्ने अडानले सभापति देउवा अप्ठ्यारोमा

केन्द्रीय समितिको जारी बैठकबाट स्थानीय तह निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी तालमेल गर्ने निर्णय गराउने प्रयत्नमा भए पनि शेखर कोइरालासहित उनी पक्षधर केन्द्रीय सदस्यहरूले विरोध गरेका कारण निर्णय गराउन सकस परेको छ ।

कोइराला पक्षको गठबन्धन नगर्ने अडानले सभापति देउवा अप्ठ्यारोमा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनभित्रका दलहरू- खासगरी माओवादीकेन्द्र र नेकपा (एस) सँग चुनावी तालमेल गर्ने तयारीमा रहेको भए पनि पार्टीको केन्द्रीय समितिको बैठकबाट निर्णय गराउन उनलाई सकस परेको छ।

देउवाका केन्द्रीय समितिको जारी बैठकबाट स्थानीय तह निर्वाचनका लागि चुनावी तालमेल गर्ने  निर्णय गराउने प्रयत्नमा भए पनि सभापतिका प्रतिद्वन्द्वी शेखर कोइरालासहित उनी पक्षधर केन्द्रीय सदस्यहरूले विरोध गरेका कारण निर्णय गराउन सकस परेको हो।

बैठकमा नेता शेखर कोइराला र उनी पक्षका नेताहरुले सत्ता–गठबन्धनबीच हुने भनिएको चुनावी तालमेलको विपक्षमा उभिएपछि केन्द्रीय समितिमा दुुई धार देखिएको छ।

नेता शेखर कोइरालाले शनिवार सभापति एवम् प्रधानमन्त्री देउवा प्रमुख अतिथि रहेको एक सार्वजनिक कार्यक्रमको मञ्चबाटै चुनावी तालमेलको विरोध गरेपछि कांग्रेसभित्र यो मुद्दा थप पेचिलो बनेको छ।

“भारतीय कांग्रेस गठबन्धन गरेकै कारण कमजोर भएजस्तो लाग्छ”, कोइरालाले भनेका थिए तर प्रधानमन्त्री तथा सभापति देउवाले कोईरालाले त्यही निरै प्रतिवाद गरेका थिए। देउवाले आफूले निर्वाचन जित्ने पक्षमा रहेको भन्दै प्रचण्डको अस्थिर चरित्र र एमाले अध्यक्ष ओलीको शक्त्तिलाई कम आँकलन नगर्न आफनै पाटीं पंक्तिलाई आग्र्ह गरेका थिए।

स्थानीय चुनावबारे छलफल गर्न शुक्रवारदेखि शुुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक आइतबार दोस्रो दिन पनि बसेको छ। केन्द्रीय सदस्यहरुले आइतबार पनि एकमहिने अभियानको रिपोर्टिङसहित सत्ता–गठबन्धनको संभावित चुनावी तालमेलबारेमा धारणा राखिरहेको छ।

सभापति देउवा र नेता कोइराला पक्षका ठीकविपरीत धारणा कांग्रेसमा चुनावी तालमेलबारेमा दुुईथरि धारणा छ। केन्द्रीय समितिमा देउवा पक्षका नेताहरुले आइतवार पनि चुनावी तालमेलको पक्षमा बोलेका छन् भने कोइराला पक्षका नेताहरुले केन्द्रबाट स्थानीय तहमा निर्णय नलाद्नु हुन र तालमेलबारे तल्लो निकायलाई स्वायत्त छोडिदिनुपर्ने आवाज उठाएका छन्।

केन्द्रीय समिति बैठक सोमबार पुनः बस्ने गरी आइतवारको बैठक सकिएको छ। आइतबारको बैठकाम बोल्ने ५५ जना केन्द्रीय सदस्यमध्ये अर्जुननरसिंह केसी, प्रतिमा गौतम, चन्द्रमोहन यादवसहित करिब १० जनाले गठबन्धनको विपक्षमा धारणा राखेका थिए।

गठबन्धनका पक्षधर कांग्रेस नेता रामचन्द्र पौडेलले आइतबार पार्टी कार्यालय, सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै जारी केन्द्रीय समिति बैठकले चुनावी तालमेल गर्ने निर्णय गर्ने दाबी गरे।

पौडेलले सत्ता–गठबन्धनका दलहरूबीच कसरी सीटको बाँडफाड वा तालमेलको विस्तृत खाकापछि बनाइने भए पनि अहिले नीतिगत रूपमा तालमेलको पक्षमा कांग्रेस उभिनुपर्ने बताए।

कांग्रेस केन्द्रीय समितिको आइतवारको बैठकअघि प्रधानमन्त्री तथा सभापति देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले प्रचण्डसँग यसैबारेमा छलफल गरेका थिए।

सत्ता–गठबन्धन नेताहरू पुष्पकमल दाहाल र माधव नेपालले काँग्रेसको जारी केन्द्रीय समितिबाट चुनावी तालमेलको निर्णय हुने र त्यसलाई आफूहरु पर्खेर बसेको बताएका छन्।

दाहाल र नेपालको भनाइ तथा प्रधानमन्त्री देउवाको अडान हेर्दा सत्ता–गठबन्धनबीच चुनावी तालमेल हुने पक्का जस्तै देखिन्छ तर यसले कांग्रेसभित्रको दुुई धारको मतभेदलाई थप चर्काउने संभावना देखिन्छ।

कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुुरुङले बैठकपछि त्यसकै छनक दिए। पार्टी कार्यलयमा पत्रकारहरुसँग कुरा गर्दै गुरुङले भने, “चुनावी तालमेल गर्दै जाने हो भन्ने पार्टीको राष्ट्रिय अस्तित्व बिस्तारै सकिन्छ।” उनले निर्वाचनको सन्दर्भमा केन्द्रबाट लाद्ने निर्णयले पार्टीलाई हित पनि नगर्ने दाबी गरे।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved