आज विश्व रङ्गमञ्च दिवस, विकृति–विसङ्गतिलाई नाटकमार्फत देखाएर मनाइँदै

नेपालभ्युज

आज विश्व रङ्गमञ्च दिवस, विकृति–विसङ्गतिलाई नाटकमार्फत देखाएर मनाइँदै

काठमाडौं। आज विश्व रङ्गमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्टिच्युटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ मा (आजकै दिन) विश्व रङ्गमञ्च दिवस मनाउन थालिएको हो।

यो दिवस मनाउनुको उदेश्य हो, समाजका विकृति–विसङ्गतिलाई नाटकमार्फत देखाएर हटाउन उत्प्रेरणा जगाउने। सन् १९६२ मा पहिलो विश्व रङ्गमञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटकार जेन ककटेउले लेखेका थिए।

केही वर्षयता नेपालमा रङ्गमञ्चप्रति आकर्षण बढ्दै गएको पाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved