शेखर पक्षले बढायो दबाब, निर्वाचनको मुखमा कांग्रेसभित्र गुटहरू सक्रिय

शेखर पक्षले बढायो दबाब, निर्वाचनको मुखमा कांग्रेसभित्र गुटहरू सक्रिय

काठमाडौं। १४ औं महाअधिवेशन पछि गुटगत चलखेलवाट शान्त देखिएको नेपाली कांग्रेसमा फेरि गुटगत रडाको देखिएको छ।

सभापति शेरबहादुर देउवाले बुधबार नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको अध्यक्ष मनोनित गरेपछि शेखर कोइराला पक्ष आक्रामक देखिन थालेको छ। शुक्रबार बिहान देउवासँग भेटेरै नेता कोइरालाले नेविसंघ र तरुण दलमा समानान्तरण कमिटीहरू गठन गर्ने चेतावनी दिएका छन्। देउवालाई शुक्रबार बिहान भेटेपछि शेखर पक्षका विद्यार्थी र तरुणसम्बद्ध नेता कार्यकर्ताले १४ चैतमा छुट्टै भेला बोलाएका छन्।

पार्टीको आन्तरिक सवालमा देउवा र शेखर पक्षबीच तानातान चलिरहँदा महाधिवेशनताका मौन देखिएका नेता रामचन्द्र पौडेलले पनि निकटहरूसँग शुक्रबार बिहानै छलफल गरे। पौडेल निवास बोहोराटारमा भएको छलफलमा पूर्वमहामन्त्री शशांक कोइराला पनि उपस्थित थिए।

१४ औं महाधिवेशनपछि गुटगत बैठक र कार्यक्रम नदेखिए पछि काग्रेस भित्र एकताको वातावरण निर्माण भयो भन्दै पार्टी भित्रै देखि वाहिर सम्मको चर्चा हुन थालेको थियो। तर स्थानिय तह निर्वाचन नजिकिदै जादा चुनावी तालमेल देखि पार्टीको आन्त्रिक विषयलाई लिएर कांग्रेस भित्र आन्तरिक मतभेद चर्किएको छ। “पार्टीभित्रै सबैलाई समान ढंगले सभापतिज्युले न्याय नगरे पछि पछिल्लो परिदृश्य देखिएको हो,” कांग्रेस नेता बलबहादुर केसीले भने, “महाधिवेशन पछि हामीले सभापतिज्यु माथी विश्वास गरेरै चुप लाग्यौ, तर उहाले त्यसलाई कमजोरी ठानेको महसुस हामीले गरेका छौ।” शेखर पक्षका नेता केसीले सभापति देउवाले पार्टी भित्रको सबै पक्षलाई समान ढंगले न्याय नगरे अव आफुहरू चुप लागेर नबस्ने पनि बताए।

मुख्यतह सभापति देउवाले आफनौ नेतृत्वको सरकारमा सहभागी माओवादी, नेकपा एस र जसपा नेपालसंग चुनावी तालमेल गरे पछि काग्रेस भित्रको पछिल्लो मतभेद सुुरु भएको हो। विहिबार मात्रै तनहु पुगेर प्रधानमन्त्री देउवाले सतागठबन्धनको सबै पक्षको विचमा तीनै तहको निर्वाचनमा तालमेल हुने बताएका थिए। तर शेखर पक्षले सार्वजनिक रुपमा त्यसको प्रतिवाद गर्दै आइरहेका छन। शेखर कोइरालाले सार्वजनिक रुपमै कांग्रेस र कम्युनिष्टको चुनावी तालमेल काग्रेसको हितमा नरहेको भन्दै सतागठबन्धनको चुनावी तालमेल प्रति असहमती राख्दै आएको छ।

शुक्रबार केन्द्रीय समिति बैठकको एजेन्डनामा समेत चुनावी तालमेल परे पछि नेता रामचन्द्र पौडेलले पनि आफना निकट नेताहरू त्यही विषयमा सल्लाह गर्न छलफवफमा बोलाएका थिए। उक्त बैठकमा सहभागी नेता दिपक गिरीका अनुसार पौडेलले सहभागी आफना पक्षका नेताहरू संग चुनावी तालमेलबारेमा सल्लाह मागेका थिए। गिरीले छलफलमा अधिकांश नेताहरूले स्थानिय तह निर्वाचनमा केन्द्रवाट तालमेल गरेर जादा राम्रो नहुने भन्दे यस सम्बन्धको निर्णय गर्ने जिम्मा पार्टीको तल्लो निकायलाइ नै दिनु पर्ने सुझाएका छन। नेता पौडेल सभापति देउवा झै सतागठबन्धनको विचमा चुनावी तालमेलको पक्षमा पछिल्लो समय देखिएका छन्।

प्रदेश प्रमुखहरूको पनि असन्तुष्टि

केन्द्रमा सभापति देउवा र शेखर पक्षको विचमा मनमुटाव देखिएको वेला कांग्रेसका प्रदेश पार्टी प्रमुखहरूले पनि शुक्रबार छुटै बैठक गरेका छन। पार्टी कार्यलयमा सात ओटै प्रदेशका कांग्रेस प्रमुखहरूले बैठक गरेर स्थानिय तह निर्वाचनको सन्दर्भमा केन्द्रवाट तालमेल गर्नु भन्दा तल्लो तहवाटै तालमेल गनुृ पर्ने निष्कर्ष निकालेका छन। कांग्रेसको प्रदेशहरूमा सभापति देउवा पक्ष नै हावी छ। तर उनीहरूले देउवाले सार्वज्निक रुपमा दिएको राजनितीक लाइनविरुद्ध शुक्रबार आफनो निष्कर्ष निकाली केन्द्रीय समितिमा प्रस्तुत गरेको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सात आटै प्रदेशका प्रमुखहरूले पार्टीको प्रदेशमा रहेको अवस्था बारेमा रिर्पोटिंग गरेको छ। साथै उनीहरूले पार्टीको प््रदेश प्रमुखहरूलाई पनि केन्द्रीय समितिमा सामेल गर्न माग गरेको छ। प्रदेश एकका प्रमुख उद्धव थापाले आफुहरूले चुनावी तालमेलको बारेमा केन्द्रवाट गर्दा राम्रो नहुनु सुझाव दिएको बताए। “साथै हामीले आफनो कुरा पनि राखेका छौ” थापाले भने, “केन्द्रीय समितिमा पनि प्रदेश प्रमुखहरूलाई पदेन बनाउन भनेका छौ।”

पार्टी कार्यलयमा नाराबाजी

बुधबार कांग्रेस सभापति देउवाले नियुक्त गरेको नेविसंघका अध्यक्ष र नेपाल तरुण दलका अध्यक्षले शुक्रबार कार्यभार सम्हालेको छ। उनीहरूले कार्यभार सम्हालीरह्दा शेखर कोइराला पक्षका विद्यार्थी नेताहरू पार्टी कार्यलय सानेपा पुगेर सभापति देउवा विरुद्ध नारावाजी गरेका छन।

शुक्रबार केन्द्रीय समिति बैठक पनि बस्ने भएकाले सभापति तथा प्रधानमन्त्री देउवा विरुद्ध विद्यार्थी तथा तरुण सम्बद्ध नेता कार्यकर्ताहरू पार्टी कार्यलय पुगेर दुई घण्टा जती नारावाजी गरेका थिए। उनीहरूले सभापति देउवाले आफनो निकट विद्यार्थी र तरुण सम्बद्ध नेताहरूलाइ मात्रै प्राथमिकतामा राखेको आरोप लगाएको छ। शेखर पक्षका विद्यार्थी तथा तरुण सम्बछ नेताहरूको शुक्रबार नै बसेको अलगै बैठकले १४ चैतमा छुटै भेला नै गर्ने निर्णय गरेको छ। जसले समानान्तर कमिटीहरू समेत बनाउन सक्ने आकंलन गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved