देहव्यापार सम्बन्धी दृश्य कसैको दबाबमा हटाएको होइन: सपूत

नेपालभ्युज

देहव्यापार सम्बन्धी दृश्य कसैको दबाबमा हटाएको होइन: सपूत
फाइल तस्वीर

काठमाडौं। गायक प्रकाश सपूतले पछिल्लो गीत ‘पीर’बाट देहव्यापारसम्बन्धी दृश्य कसैको दबाबमा नभई समाजको भावनालाई लिएर हटाएको बताएका छन्। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले उक्त दृश्यले समाजमा र त्यस्तै पेशामा आधारित मानिसहरूलाई झनै पीर परेका कारण दृश्य हटाएको बताए।

गीतको दृश्य हटाएको विषयलाई दबाबका रूपमा नभएर भावनात्मक रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो। उनले भने, ‘‘त्यहाँ छोडिएका प्रश्न डिलिट गरेको भए, यदि त्यहाँनेर लोकेन्द्र सरको भूमिकालाई हटाएको भए सायद म कसैको विचार, शक्ति, कुनै निश्चित समूहबाट डराएर हटायो भन्ने हुन्थ्यो, यसलाई भावनात्मक हिसाबले सोचिदिन अनुरोध गर्दछु।”

यस्तै अभिनेत्री सुरक्षा पन्तले गीतबारे आफूलाई पनि धेरै म्यासेजहरू आएको बताइन्। उनले गीतबाट उक्त दृश्य हटाउने विषय गायक सपूतको नितान्त व्यक्तिगत भएको बताइन्। समाजमा भएका विषयहरूलाई भावनासँग जोड्दा राम्रो हुने सोचका साथ त्यो दृश्य हटाइएको उनको भनाइ थियो।

गायक सपूतको पछिल्लो गीत ‘पीर’ मा जनयुद्धकालीन परिवेशमा देश विकासका लागि लडेका योद्धाहरूको दुःख देखाइएको छ। नेकपा (माओवादी केन्द्र) निकटका भातृसंगठनहरूले जनमुक्ति सेना र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको सही भएपनि जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न रहेको सन्देश दिने गरी दृश्य समावेश गर्नु आपत्ति जनाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved