यस कारण भयो एमाले बैठक कक्षबाहिर पत्रकारबीच कुटाकुट

एकअर्कोलाई समातेर जुधिरहेका दुवैलाई छुट्याउन प्रहरीलाई पनि हम्मे परेको थियो। हरिश क्षेत्रीले आफूलाई ‘पागल’ भनेकाले उसलाई हात हालेको श्याम थापाले बताए। यस विषयमा हरिश भने केही बोलेका छैनन्।

नेपालभ्युज

यस कारण भयो एमाले बैठक कक्षबाहिर पत्रकारबीच कुटाकुट

काठमाडौं। बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले बैठक शुरु भइसकेको थियो। तर बैठक स्थलबाहिर दुई जनाबीच कुटाकुट र भिडन्त भएको भिडिओ सामाजिक सञ्जालमा फैलियो। उक्त भिडिओलाई सबैले आफूअनुकूल व्याख्या पनि गरे।

उक्त भिडन्त प्रचार गरिएजस्तो एमालेका कार्यकर्ताबीचको थिएन। त्यहाँको भिडन्त थियो- बैठकको समाचार संकलन गर्न गएका सञ्चारकर्मीहरूबीचको।

समाचार संकलनमा गएका सञ्चारकर्मीहरू अनलाइन न्यूज पोर्टल ‘१२खरी’का फोटो पत्रकार हरिश क्षेत्री र हिमालय टेलिभिजनका क्यामेरा पर्सन श्याम थापा सार्वजनिक स्थलमै कुटाकुटमा उत्रिएका थिए। सोही भिडिओ अहिले फेसबुक र टिकटकमा  भाइरल भएको छ।

पाँच महीनाअघि नेपाल बार एसोसिएसन परिसरमा दुई जना कानून व्यवसायीबीच यस्तै कुटाकुट भएको भिडिओ भाइरल भएको थियो। कानून व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन शुरु गरेपछि विराट न्यौपानेले  भूमिनन्द चुडाललाई सार्वजनिक स्थलमै हात छाडेपछि कुटाकुट भएको थियो।

कसरी भयो फाइट ?

मध्यान्ह १२ बजे एमालेको केन्द्रीय कमिटी बैठक शुरु हुनै लागेको थियो। नेताहरू आउने क्रम जारी थियो। मिडियाहरू धेरै आइसकेका थिएनन्।

अचानक हरिस क्षेत्री र श्याम थापा भिड्न थाले। नजिकै रहेका हिमालय टीभीकै अर्का पत्रकार विनोद थापा छुट्याउन गए। कस्सिएर भिडिरहेका उनीहरूलाई विनोदले छुट्याउन सकेनन्।

अन्तिममा दुई जना प्रहरी आए। एकअर्कोलाई समातेर जुधिरहेका दुवैलाई छुट्याउन प्रहरीलाई पनि हम्मे परेको थियो। हरिश क्षेत्रीले आफूलाई ‘पागल’ भनेकाले उसलाई हात हालेको श्याम थापाले बताए। यस विषयमा हरिश भने केही बोलेका छैनन्।

उनीहरुबीचमा झगडा भने नयाँ होइन। २७ पुसमा पृथ्वी जयन्तीको फोटो खिच्दा पनि विवाद भएको श्याम थापा बताउँछन्।

सिंहदरबारबाहिर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रममा भिडिओ खिच्दा छेकिएको बारे झगडा भएको थियो।

दोस्रो पटक नेकपा माओवादी केन्द्रको कार्यक्रममा झगडा भएको घटना देख्ने पत्रकारहरू बताउँछन्। नेकपा माओवादीको महाधिवेशन अघि भएको एक कार्यक्रममा सामान्य वादविवाद भएको थियो।

बुधबार भने कुटाकुट नै भएको हो। उनीहरूबीच राजावादी, माओवादी र एमालेको कार्यक्रममा झगडा भइसकेको देख्नेहरु बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved