अनुभव :

दिल जित्न मानिस नै हुनुपर्छ, मेशिन होइन

दोस्रो व्यक्तिको मन जित्ने र एक सफल व्यवसाय चलाउने हो भने मानिस हुन जरूरी छ। र, यकिन गर्नुस्, मेशिनले कहिल्यै पनि मानिसहरूका भावनाको नक्कल गर्न सक्दैन

दिल जित्न मानिस नै हुनुपर्छ, मेशिन होइन

म जति पनि यात्रा गर्दैछु। उति नै यो महसुस भइरहेको छ कि मेसिन वा आर्टिफिशियल इन्टेलिजेन्सले कहिले पनि हामी मानिसको स्थान लिन सक्दैनन्।

यसको समर्थनमा एक अनुभव बताउँछु। स्पइसजेट एयरवेज ३४४० ले शनिबार दिउँसो आफ्नो निर्धारित समयभन्दा पहिले मुम्बईबाट ग्वालियरका लागि उडान भर्‍यो।

२ घण्टा ४० मिनेट लामो उडान कहिलेकाँही यात्रा गर्नेहरूका लागि चिन्ताको विषय हो। यस्तोमा दुई नौजवान क्रु मेम्बरहरूले आफ्नो उदार व्यवहार र सेवा भावनाले असहज महसुस गरिरहेका यात्रीहरूलाई सहज बनाए।

त्यस्तै फ्लाइट क्याप्टेन आधार चौधरीले यात्रीहरूलाई नयाँ सूचनाहरू दिएर अपडेट गराइरहे। उनी केवल राम्रो पाइलमात्रै होइन, शब्द चयन पनि राम्रो गर्दथें।

उनले क्रु मेम्बरहरूलाई पनि राम्रो व्यवहारका लागि धन्यवाद् दिए । निकै थोरैमात्र यस्ता सिनियरहरू हुन्छन्, जो आफूभन्दा जुनियरको प्रशंशा गर्छन्।

त्यसैले मलाई केही राम्रो लाग्यो।

अन्त्यमा उनीहरु तय गरिएको समयभन्दा ४५ मिनेट अघि नै ग्वालियर विमानस्थलमा विमान उतार्न सफल भए। दिउँसो ३ बजेर ५५ मिनेट गएको थियो र बाहिरको तापमान ३२ डिग्री सेल्सियस थियो।

फ्रन्ट सिटमा मेरो नजर अन्य दुई यात्रुमा पर्‍यो, उनीहरूको उमेर ठिक विपरीत थियो। एक जना १८ दिनका नवजात शिशु थिए। अर्को एक यात्रु ८१ वर्षका व्ह्लिचेयरमा सवार वृद्ध थिए।

सायद, डेलिभरीपछि ती शिशुलाई लिएर बाबु र आमा घर फर्कदैं थिए। पुरै यात्राका दौरान बाबुले ती शिशु चलिरहेको दृश्य शान्तपूर्वक नियालिरहेका थिए।

जब विमानको ढोका खुल्यो, तब क्याप्टेनले क्रु मेम्बरसँग भने कि अहिल्यै यात्रुहरूलाई उतार्न नदिऊँ किनकी हैदरावादबाट एक अर्को फ्लाइट भर्खरै ल्यान्ड भएको थियो। जबसम्म उक्त फ्लाइट आफ्नो तय भएको स्थानमा पार्क हुँदैन र त्यसको इन्जिन बन्द हुँदैन। त्यतिबेलासम्म यात्रुहरूलाई रन वेमा १ सय फिट पनि चल्ने अनुमति दिइदैंन।

सुरक्षाका कारण यस्तो गरिएको हुनसक्छ किनकी विमानको पंखाले चोट पु¥याउनसक्छ। ढोका खुलिसकेको थियो, त्यसैले यात्रीहरू तुरून्तै सिटबाट उठेर खडा भए र ढोका नजिक आए।

वृद्ध भलाद्मीहरु सबैभन्दा पहिले उत्रने प्रतिक्षा गर्दै थिए। त्यसपछिको पालो नवजात शिशु र उनका माता–पिताको थियो। तब पार्किङ एरियामा प्रतिक्षा गरिरहोक ग्राउन्ड स्टाफले गरेको व्यवहारले एक्कासी उनीहरूको मिठो यात्रालाई नमिठो बनाइदियो।

उनीहरूले यात्रीहरूलाई उत्रन भने। र, जब उनीहरू उत्रिए, तब फेरि रोकिन भने, दोस्रो विमान पूर्ण रूकमा नरोकिएसम्म ठाउँको ठाउँमै रहन उनीहरूको ठाडो निर्देशन थियो। ३२ डिग्री तापक्रममा १८ दिनको शिशु रून थाल्यो।

८१ वर्षका जेष्ठ नागरिक पनि व्हिलचेयरबाटै चिच्याउन थाले । गर्मी निकै थियो।

यस अमानविय व्यवहारका लागि अन्य यात्रुहरूले पनि एयरलाइन स्टाफलाई गाली गर्न थाले। ग्राउन्ड स्टाफले यसकारण यस्तो व्यवहार गरेका थिए किनकी उनीहरूले केवल आधा घण्टाभित्र विमानलाई सफा गरेर अर्को यात्राका लागि तयार गर्नुपर्ने थियो।

केही भनाभनपछि यात्रुहरूलाई टर्मिनल बिल्डिङमा जान दिइयो।

दोस्रो विमान रोकिनुअघि नै उनीहरूले यसरी यात्रुहरूलाई टर्मिनलमा जान दिएका थिए, जो नियमको विरुद्ध थियो।

विमानमा चुपचाप रहेका ती नवजात शिशु टर्मिनल बिल्डिङ पुग्दासम्म पुरै समय रोइरहेका थिए। अब तपाई नै भन्नुस्, यदी हामीले मानिस हुनुको साटो मेसिनजसरी बिना भावना काम गर्‍यौं भने के होला ? स्पष्ट छ, हामी नवजात शिशु र व्हिलचेयरमा बस्नेलाई तातो घाममा राख्न हुँदैन भनेर हामीले संझन सक्दैनौं।

यस्तोमा हामीले धेरै ग्राहकहरूलाई आक्रोशित नै बनाउनेछौं। यदी दोस्रो व्यक्तिको मन जित्ने र एक सफल व्यवसाय चलाउने हो भने मानिस हुन जरूरी छ। र, यकिन गर्नुस्, मेशिनले कहिल्यै पनि मानिसहरूका भावनाको नक्कल गर्न सक्दैन।

(दैनिक भास्करबाट)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved