९९ हजार २०० रुपैयाँमा झर्‍यो सुनको मूल्य

नेपालभ्युज

९९ हजार २०० रुपैयाँमा झर्‍यो सुनको मूल्य

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोलामा ६ सय  रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ छ। यसको मूल्य शुक्रबार प्रतितोला ९९ हजार ३०० रुपैयाँ थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार ३७५ रुपैयाँमा आएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२१ डलर आसपास कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved