सिन्धुलीमा लुकाइएर राखिएको भरुवा बन्दुकसहित दुई जना पक्राउ

नेपालभ्युज

सिन्धुलीमा लुकाइएर राखिएको भरुवा बन्दुकसहित दुई जना पक्राउ

सिन्धुली। कमलामाई नगरपालिका-१२ लुडेडाँडाबाट २ थान भरुवा बन्दुकसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय पूर्ण बहादुर राना र ५० वर्षीय लाल बहादुर ब्लोन छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले पूर्ण बहादुरको घरबाट १ थान खाली भरुवा बन्दुक र लाल बहादुरको घरबाट १ थान लोड गरेको भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved