बुटवलको मेयरमा यस्ता छन् आकांक्षी, एमाले हराउने दाउमा समाजवादी

बुटवलको जनसंख्या झण्डै २ लाख छ। सबै पार्टीले बुटवलको चुनावलाई विशेष महत्व दिन्छन्। एमाले आफ्नो अस्तित्व रक्षा कसरी गर्ने भन्ने उद्देश्यका साथ लागिपरेको छ भने अन्य पार्टीहरू एमालेको ‘किल्ला’ तोड्न चाहन्छन्।

बुटवलको मेयरमा यस्ता छन् आकांक्षी, एमाले हराउने दाउमा समाजवादी

बुटवल। नेकपा एमाले तथा नेपाली कांग्रेसका प्रभावशाली नेताहरूको गृहजिल्ला रूपन्देहीमा हुने निर्वाचनले देशकै ध्यान तान्छ। लुम्बिनी प्रदेशको राजधानीको मुख्य केन्द्रको रूपमा रहेको बुटवल उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख आफ्नो पक्षमा पार्नको लागि सबै लागि पर्ने गरेको छन्।

लामो समयदेखि नै नेकपा एमालेको ‘‘लालकिल्ला’’ मानिएको बुटवलको प्रमुख तथा उपप्रमुखमा कसलाई लिएर हिँड्छ भन्ने कुरामा चासो हुन थालेको छ। आगामी २०७९ वैशाख ३० गतेका लागि घोषणा गरिएको निर्वाचनमा एमालेले आफ्नो दबदबा कायमै राख्नेगरी उम्मेदवार ल्याउने प्रयासमा छन् भने सत्ता गठबन्धन पर्ख र हेरको अवस्थामा छ। यता एक समूह भने बुटवल नगरप्रमुख शिवराज सुवेदीलाई नै दोहोर्‍याउने वातावरण बनाउन लागिपरेका छन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवारहरूलाई पराजित गरी एमालेबाट प्रमुखमा शिवराज सुवेदी र उपप्रमुखमा गुमादेवी आचार्य निर्वाचित भएका थिए।
बुटवल पहाडी जिल्लाको बसाइँसराइको केन्द्र हो।

बुटवलको जनसंख्या झण्डै २ लाख छ। सबै पार्टीले बुटवलको चुनावलाई विशेष महत्व दिन्छन्। एमाले आफ्नो अस्तित्व रक्षा कसरी गर्ने भन्ने उद्देश्यका साथ लागिपरेको छ भने अन्य पार्टीहरू एमालेको ‘किल्ला’ तोड्न चाहन्छन्।

निर्वाचनको मिति घोषणा भएसँगै मुख्य पद मेयरका लागि उम्मेदवारका आकांक्षीले आन्तरिक रूपमा लबिङ शुरू गरेका छन्। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्र बुटवलमा सबैले आआफ्नो दाबी गरिरहेका छन्। अहिले पनि सत्ता गठबन्धन कायमै रहेकोले आफ्नो विरासत जोगाउने खालका उम्मेद्वार छनोट गर्नुपर्ने एमालेमा चुनौती छ।

प्रमुख सुवेदीले गत निर्वाचनमा २३ हजार २४९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खेलराज पाण्डेलाई पराजित गरेका थिए। पाण्डेको मत २० हजार ८५१ थियो। प्रमुख पदमा २ हजार ३९८ मतको अन्तर थियो।

उपप्रमुखमा आचार्य २५ हजार ३०१ मत ल्याएर विजयी भएकी थिइन् भने माओवादी केन्द्रका जगतबहादुर पोखरेलले १४ हजार ७९२ मत मात्र ल्याएका थिए। पोखरेल नेकपा विभाजनपछि एमालेमा रहेका छन्। १९ वटा वडा रहेको बुटवलका १५ वडामा एमालेले वडाध्यक्षमा पनि जीत निकालेको थियो।

एमालेमा यस्ता छन् मुख्य दाबेदार

निर्वाचनको मिति घोषणा भएसँगै मुख्य पद मेयरका लागि उम्मेदवारका आकांक्षीले आन्तरिक रूपमा लबिङ शुरू गरेका छन्। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्र बुटवलमा सबैले आआफ्नो दाबी गरिरहेका छन्। अहिले पनि सत्ता गठबन्धन कायमै रहेकोले आफ्नो विरासत जोगाउने खालका उम्मेद्वार छनोट गर्नुपर्ने एमालेमा चुनौती छ।

स्थानीय तह निर्वाचनमा बुटवलको नेतृत्वका लागि एमालेमा मुख्यगरी ३ जना मात्र प्रमुख दाबेदार देखिएका छन्। आकांक्षीहरूको संख्या धेरै भए पनि एमाले युवा नेता गोपाल राना, हालका प्रमुख शिवराज सुवेदी र अर्का नेता बाबुराम भट्टराई मध्येबाट १ जनाले मेयरको टिकट पाउने निश्चितजस्तै रहेको एमाले जिल्ला स्रोतले दाबी गरेको छ।

बुटवलको प्रमुखको चाहना हालकी उपप्रमुख आचार्यसहित रूपन्देही अध्यक्ष तेजेन्द्र केसी लगायतले राखे पनि बलियो उम्मेद्वार ल्याउन उनीहरू पछि हट्नेछन्।

विष्णु पौडेलका नजिकका तथा व्यवसायका साझेदारसमेत रहेका गोपाल रानाको सम्भावना बढी देखिएको छ। अघिल्लो स्थानीय तहको निर्वाचनको समयमा पनि उनको टिकट अन्तिम समयमा सुवेदीलाई दिईएको थियो। राना जिल्लाका निवर्तमान उपसचिव पनि हुन्।

यस्तै अर्का आकांक्षी बाबुराम भट्टराईले अब बुटवलको नेतृत्वका लागि पार्टीले आफूलाई अगाडि सार्नुपर्ने बताउँछन्। सरल स्वभावका युवा नेता भट्टराई स्वास्थ्य क्षेत्रमा काम गर्दछन्। एमाले प्रदेश सदस्यसमेत रहेका उनले बुटवललाई नमूना शहर र एमालेको संगठनलाई थप सुदृढ बनाउने दाबी गर्छन्।

सुवेदी नै दोहोरिने यस्ता छन् सम्भावना

बहालवाला प्रमुख सुवेदी पनि नेतृत्वमा पुनः दोहोरिने सम्भावना कायमै रहेको छ। एमाले रूपन्देहीका निवर्तमान अध्यक्ष सुवेदीले आफ्ना योजनाहरू अनुसार काम गरेको र थप एक कार्यकाल गर्न चाहेको उनी निकट स्रोतले दाबी गरेको छ।

सुवेदी जबजको सिद्धान्तलाई अनुशरण गर्ने नेताको रूपमा पनि चिनिन्छन्। योसँगै उनी पार्टिका महासचिव शंकर पोखरेलसँग नजिक छन्। उनलाई प्रमुखमा दोहोरिन पोखरेलले लबिङ गर्नुपर्ने हुन्छ। पार्टिमा शक्तिको हिसाबमा विष्णु पौडेलभन्दा शंकर पोखरेल शक्तिशाली रहेकोले उनको सम्भावना बलियो छ। तर उनी आफू अहिले नै पुनः मेयरमा दोहोरिन चाहेको विषयमा बोलेका छैनन्।

गठबन्धन भए पनि आफ्नै प्रमुख हुनेमा कांग्रेस ‘ढुक्क’

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले पनि आफ्नो तयारी थालेको छ। नेकपा एमालेपछिको ठूलो दल तथा बुटवलमा राम्रो पकड रहेको कांग्रेस गठबन्धन नै भए पनि स्थानीय तहको प्रमुख पाउनेमा ढुक्क छ। कांग्रेस रूपन्देही सभापति रामकृष्ण खाँणले गठबन्धनै भए पनि बुटवलको प्रमुख कांग्रेसले नै पाउने दाबी गरे। उनले रूपन्देहीमा कांग्रेस बलियो रहेको बताउँदै धेरै स्थानको एमालेको किल्ला भत्काइने दाबी गरे।

कांग्रेसका आकांक्षीहरूले आ आफ्नो विचार व्यक्त गर्न थाले पनि औपचारिक रूपमा भने घोषणा गरेका छैनन्। मुख्यतः कांग्रेसका ३ जना बलिया दाबेदार रहेका छन्।

नेपाली कांग्रेसको तर्फबाट अघिल्लो स्थानीय तहको निर्वाचन लडेका कांग्रेस बुटवल सभापति खेलराज पाण्डे बलिया उम्मेद्वार हुन्। कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको समयमा समेत उम्मेद्वार भएको साथै बुटवलमा राम्रो प्रभाव बनाएकाले पाण्डेको सम्भावना बलियो छ।

यस्तै व्यवसायी महेशमान सिंह पनि चर्चाको नाम हो। अघिल्लो निर्वाचनको समयमा रूपन्देही प्रदेशसभा २ ‘क’ बाट चुनाव लडि पराजित भएका उनको नाम पनि चर्चामा छ। उनले ठूलो प्रचार नगरे पनि आकांक्षा जारी राखेका छन्। प्रमुख वा अन्य स्थानमा पार्टीले टिकट दिएका स्थानबाट चुनाव लड्ने उनले प्रतिक्रिया दिए।

क्षेत्रीय सभापति हरि लम्साल पनि मेयरका आकांक्षी हुन्। पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएका उनी दोस्रो कार्यकालमा कांग्रेस रूपन्देही २ को क्षेत्रीय सभापति छन्।

त्यस्तै कांग्रेसका प्रदेश सदस्य रामबहादुर कार्की, हाल अव्यवस्थित बसोबास आयोगका जिल्ला अध्यक्ष रहिसकेका हरिबहादुर आचार्य क्षेत्री, उद्योगी व्यवसायी सुरेन्द्र श्रेष्ठ, चुन्नुप्रसाद पौडेलले, महिला नेतृ रिता केसी पनि बुटवलमा मेयरको आकांक्षी छन्।

नेकपा (एकीकृत समाजवादी) निर्णायक बन्ने सम्भावना

नेकपा एमालेले रूपन्देहीमा आफ्नो विरासत जोगाउन माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) डर रहेको छ। एमालेबाट छुट्टिएर बनेको समाजवादीले आफूले जित्न नसके पनि एमालेलाई हराउन सक्ने मत रहेको दाबी गर्दै आएको छ।

नेकपा एसका रूपन्देही अध्यक्ष राजु गुरुङले अहिलेसम्मको अवस्थामा गठबन्धन कायमै रहेको उल्लेख गर्दै निर्वाचनमा एमालेलाई पराजय चखाउने बताए। कुनै विचारभन्दा पनि एक व्यक्तिको पछि लागेको एमालेको जनमतले विचार र सिद्धान्तसहित समाजवादीलाई समर्थन गर्ने दाबी गरे।

उनले निर्वाचन चिह्नै कारण एमालेमै बसे पनि समाजवादीलाई सहयोग गर्नेहरू धेरै रहेको बताए। साथै संगठन बिस्तारको कार्य जारी राखिएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved