काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेर एक लाख दुई हजार ३०० रुपैयाँमा आएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियोे।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँ तोकिएको छ। तेजाबी सुनको आइतबार प्रतितोला एक लाख दुई हजार ३०० रुपैयाँ थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार ४१५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७३ डलर आसपास कारोबार भइरहेको छ।
Facebook Comment
Comment