बैंकिङ कुसरका फरार प्रतिवादी पक्राउ

नेपाल भ्यूज

बैंकिङ कुसरका फरार प्रतिवादी पक्राउ

काठमाडौं। बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ भन्सारटोल घर भई काठमाडौँको बूढानीलकण्ठ बस्ने अविन्दकुमार जैसवाल रहेका छन्।

उनले प्रभु बैंक कपन शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारेर चेक दिएका थिए।

उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट गएको मङ्सिर १४ मा बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा नौ लाख जरिवाना र दुई दिन कैद हुने फैसला भएको थियो।

त्यसपछि फरार रहेका उनलाई ब्यूरोबाट कपनबाट आज पक्राउ गरी फैसला कार्यान्वयन लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved