रूसी आक्रमणमा अमेरिकी पत्रकारको मृत्यु

नेपाल भ्युज

रूसी आक्रमणमा अमेरिकी पत्रकारको मृत्यु

एजेन्सी । अमेरिकाका पत्रकार तथा अवार्ड विजेता फिल्ममेकर ब्रेन्ट रिनाउड रूसी सेनाको आक्रमणमा मारिएका छन्। त्यस्तै फोटोपत्रकार जुवान अरिडोन्डो घाइते भएका छन्।

राजधानी किभबाहिरको इर्पिन शहरमा ब्रेन्ट रिनाउडको हत्या भएको हो, ५१ वर्षीय रिनाउडको घाँटीमा गोली लागेको रूसी सञ्चारमाध्यम द मस्को टाइम्सले जनाएको छ। उनी इर्पिनमा समाचार संकलन गरिरहेका थिए।
पीबीएस न्युजआवरका रिपोर्टर जे फग्र्युसन यस घटनाको साक्षी थिए। ” घटनास्थल इर्पिन भर्खरैं छाडेँ, जहाँ अमेरिकी पत्रकार ब्रेन्ट रिनाउडको शव ब्ल्याङक्वेटमुनी छ। यस अवस्थामा युक्रेनी स्वास्थकर्मीले उनको सहयोगमा केही गर्न सक्दैनन्। आक्रोशित युक्रेनी प्रहरी अधिकारी भनिरहेका थिए : अमेरिकालाई भन्नुस्, विश्वलाई भन्नुस्, उनीहरूले पत्रकारलाई के गरे”, फग्र्युसनले ट्वीटरमा लेखेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved