मोरङ बालिका करणी अभियोगमा समातिएका दुई वर्षअघि पनि बालिका अपहरणमा जेल परेका थिए

नेपालभ्युज

मोरङ बालिका करणी अभियोगमा समातिएका दुई वर्षअघि पनि बालिका अपहरणमा जेल परेका थिए
सांकेतिक तस्वीर

मोरङ। सुन्दरहरैचा नगरपालिका–७ की १८ महिनाकी बालिका करणी गरी हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले प्रक्राउ गरी आज सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बालिकालाई यहीँ २७ फागुनमा अपहरणपछि करणी गरी हत्या गरेको आरोपमा सोही नगरपालिका बस्ने २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरी सार्वजनिक गरिएको हो।

उनले बालिकालाई २७ फागुनमा मोरङको बेलवारी–८ बाट खेल्दै गरेको अवस्थामा ‘चोकोफन चकलेट’ दिई ललाइफकाइ अपहरण गरी पीडितको घरबाट १५० मिटर उत्तर पश्चिम दिशाको वयरघारीमा करणी गरी वियरको बोतल तथा ढुंगा प्रहार गरी हत्या गरेको कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।

अभियुक्तलाई प्रहरीले शारीरिक र प्राविधिक अनुसन्धानबाट हत्याको घटना भएको १२ घण्टामा पक्राउ गरेको उपरीक्षक जिसीले जानकारी दिए। उनीहरूलाई हत्यापश्चात एक पसलमा मदिरा सेवन गरी मामा घरमा गएर बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ। आरोपी अजय चौधरी दुई वर्ष अगाडि दुई वर्षीया बालिकाको अपहरण मुद्दामा कारागार चलान भई गएको १८ मंसीरमा  अदालतको फैसलाबाट रिहा भएका थिए।

बालिकाको शव विभत्स अवस्थामा फेला परेको उपरीक्षक जिसीले बताए। अभियुक्तलाई पुर्पक्षका लागि पाँच दिन अदालतबाट म्याद थप गरिएको छ भने अपहरण, जबरजस्तीकरणी र हत्याको आरोपमा आजीवन कारावासको माग गरिएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved