होण्डाले एक्सचेन्ज क्याम्प आयोजना गर्ने

नेपाल भ्युज

होण्डाले एक्सचेन्ज क्याम्प आयोजना गर्ने

काठमाडौं ।  नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. ली. ले यहि फाल्गुन २२ गतेदेखि चैत्र १७ गतेसम्म काठमाडौं उपत्यकाको विभिन्न ठाउँहरुमा बाइक तथा स्कुटरहरुको एक्स्चेन्ज क्याम्प आयोजना गर्ने भएको छ।

यस एक्सचेन्ज क्याम्पको अविधिभर ग्राहकहरुले कुनै पनि ब्राण्डको बाइक तथा स्कुटर एक्सचेन्ज गरी होण्डाको बाइक वा स्कुटर चढ्न सक्नेछन्।

ग्राहकहरुले आफ्नो साधनको एक्स्चेन्जमा विभिन्न सुविधाका साथै प्रचलित बजार मूल्य भन्दा रु. ७००० अतिरिक्त एक्स्चेन्ज बोनस समेत प्राप्त गर्नेछन्।

यस एक्स्चेन्ज क्याम्प कति गते कुन ठाउँमा आयोजना हुन्छ भन्ने जानकारीहरु बिस्तृत रुपमा बुझ्नको लागि होण्डाको फेसबुक पेज वा टोल फ्रि नम्बरमा कल गर्न सकिने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved