काठमाडौं। टीभीएस रेडर १२५ लाई प्रतिष्ठित भारतीय अवार्ड इण्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधिद्वारा सम्मानित गरिएको छ। टीभीएस रेडरले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हात पारेको हो।
आईएमओटीवाई उपाधिको छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यीय निर्णायक मण्डलको गठन गरिएको थियो। निर्णायक मण्डलका सदस्यहरुमा अटो टूडेका एसोसिएट एडिटर राहुल घोष, अटो टूडेका सिनियर स्पेशल करेस्पोन्डेन्ट दिप्यन दत्ता, अटोएक्सका रोड टेष्ट एडिटर शिवांक भट्ट लगायत सम्मिलित रहेका थिए।
इंडिया टुडे उल्लेखित लेखद्वारा ‘निर्णायक मण्डलीका सदस्यहरुको विशेषज्ञाले पूर्ण प्रमाणिकरण प्रदान गर्ने हुँदा आईएमओटीवाई सवारी साधन उद्योगमै सर्वाधिक प्रतिष्ठित अवार्डका रूपमा स्थापित छ। उपाधिपश्चात् टीभीएस मोटर्सका वरिष्ठ उपाध्यक्ष मार्केटिंग अनिरुढ हल्दारले भने, ‘‘टीभीएस रेडरलाई यस्तो प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरिँदा हामी निकै गौरवान्वित छौँ। यसका श्रेय हामी समग्र टीभीएस मोटर्सको टिम लगायत टीभीएस रेडारलाई मायाँ गर्नुहुने समग्र उपभोक्तालाई दिन चाहान्छौँ।”
भारतमा उक्त उपाधिबाट सम्मानित भएको रेडर टीभीएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले २०२१ को नोभेम्बरदेखि नेपालमा पनि बिक्री गरिरहेको छ। विशेषगरी युवाहरूमाझ लोकप्रिय उक्त मोटरसाइकल उल्लेख्य संख्यामा बिक्री भइरहेको कम्पनीका सीईओ दीपक अग्रवालले बताए।