डा. भट्टराई सोध्छन्ः गीतका सर्जकलाई किन धम्काउने?

नेपाल भ्युज

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भर्खरै युट्युबमार्फत आएको प्रकाश सपुतको गीतप्रति आफ्नो धारणा राखेका छन्। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले सपुतको गीतले जनयुद्धको विरोध नगरेको ट्वीटमार्फत लेखेका छन्।

बरु अपूर्ण क्रान्तिका पीडा गीतले दर्शाएको भन्दै उनले त्यसनिम्ति क्रान्तिलाई नयँ ढंगले अगाडि बढाउने पो हो। गीतका सर्जकलाई किन धम्काउने ? प्रश्च गरेका छन्।

गायक सपुत र सम्झना भण्डारीको स्वरमा रहेको यस गीतमा माओवादी ‘जनयुद्ध’पछिको एक कार्यकर्ताको अवस्था चित्रण गरिएको छ। गीत जनयुद्धको भावनाविपरीत बनेको भन्दै नेकपा माओवादी केन्द्रका केही नेता तथा कार्यकर्ताहरूले आपत्ति जनाएका छन्। यस क्रममा डा भट्टराईले प्रतिक्रया दिएका हुन्।

डा भट्टराईले आफू पनि कुनै बेला जनयुद्धको अगुवा नेता भएका हिसाबले गीतप्रति टिप्पणी गर्ने अधिकारसमेत राखेको जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved