महिला विश्वकपमा वेस्ट इन्डिजविरुद्ध भारतको शान्दार जित

नेपालभ्युज

महिला विश्वकपमा वेस्ट इन्डिजविरुद्ध भारतको शान्दार जित

नयाँ दिल्ली । भारतीय महिला टिमले वेस्ट इन्डिजलाई विश्वकपको तेस्रो खेलमा १ सय ५५ रनले हराएको छ। वेस्ट इन्डिजविरुद्ध भारतले ३ सय १८ रनको चुनौती दिएको थियो।

जवाफमा वेस्ट इन्डिज ४० ओभर ३ बलमा १ सय ६२ रनमै समेटियो। भारतबाट स्नेह राणाले सर्वाधिक ३ विकेट लिइन्।
यसअघि पहिले टस जितेर ब्याटि गरेको भारतले ८ विकेट गुमाएर ३ सय १७ रन बनाएको थियो।

भारतका लागि हरमनप्रीत कौर र स्मृति मन्धानाले उत्कृष्ट इनि खेले। मन्धानाले १ सय १९ बलमा १ सय २३ रन बनाइन् भने हरमनप्रीतले १ सय ९ रन जोडिन्।

भारतले विश्वकपमा वेस्ट इन्डिजलाई लगातार सातौंपटक हराएको हो। यसअघि १९९३, १९९७,२००५,२००९, २०१३ र २०१७ को विश्वकपमा पनि भारतले वेस्ट इन्डिजलाई हराएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved