नेकपा एमाले मुद्दा उठाएर मुद्रा कमाउने पार्टी होइनः केपी ओली

नेपालभ्युज

नेकपा एमाले मुद्दा उठाएर मुद्रा कमाउने पार्टी होइनः केपी ओली

पर्सा। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले मुद्दा उठाएर मुद्रा कमाउने पार्टी नभएको बताएका छन्।

शनिबार वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीसहितका नेता कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले यस्तो बताए। उनले नेकपा एमाले जनताका दुःख र समस्यालाई हटाउने पार्टी भएको दाबी गरे। उनले आफ्नो कार्यकालमा नागरिकताको समस्या संसद नचलेको बेलामा पनि अध्यादेश ल्याएर बनाएको र अहिलेको सरकारले त्यसलाई रोकोको बताए।

अध्यक्ष ओलीले भने, “नेकपा एमाले भनेको देश बनाउने पार्टी हो।  जनताका समस्या समाधान गर्ने पार्टी हो। जनताका दुःख कष्टहरूलाई सम्बोधन गर्ने र तिनीहरूलाई हटाउने पार्टी हो। यो कुनै मुद्दा उठाएर मुद्दा देखाएर मुद्दाका नाममा मुद्रा कमाउने पार्टी होइन। यो पार्टी जनताको वास्तविक समस्याहरूलाई समाधान गर्ने पार्टी हो।”

नागरिकताका समस्या संसदबाट हुन नसकेपछि संसद नचलेका बेला अध्यादेश ल्याएर पनि नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्नुपर्छ भनेर आफूहरूले कानून बनाएको उनले जिकिर गरे। भने, “तर अहिलेको गठबन्धनले त्यसलाई कायम रहन दिएन। फेरि हामी त्यसलाई अघि बढाउनेछौँ। हामीले तराईको विकासका लागि हुलाकी राजमार्ग, उत्तर दक्षिण राजमार्गहरूलाई चौडा गर्ने काम गरेका छौँ। हामीले महानगर, नगर र शहरहरूलाई चक्रपथद्वारा विकास गर्ने, शहरी विकास आयोजना हरेक सदमुकामहरू आयोजनाहरू राख्ने, स्मार्ट सिटीहरूको अवधारणाअनुसार स्मार्ट सिटी अघि बढाउने कामहरू गरेका थियौँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved