चुनावमा गठबन्धन भए पनि ठीक छ, नत्र एक्लै लड्न तयार छौंः मन्त्री आले

नेपाल भ्युज

चुनावमा गठबन्धन भए पनि ठीक छ, नत्र एक्लै लड्न तयार छौंः मन्त्री आले

धनगढी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय चुनावमा नेकपा (एकीकृत समाजवादी) एक्लै पनि चुनाव लड्न तयार रहेको बताएका छन्।

शनिबार धनगढीस्थित विमानस्थानमा भएको पत्रकार सम्मेलनमा मन्त्री आलेले कांग्रेसले साथ छोडे पनि समाजवादी एक्लै चुनाव लड्न तयार रहेको बताए।

चुनावमा गठबन्धन भए पनि ठिक छ नभए पनि आफूहरू तयार रहेको उनले बताए। “गठबन्धन आजको आवश्यकता हो, यो कुनै पार्टीसँग गएर टाँसिएको होइन,” उनले भने, “यही गठबन्धनले नै शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ, उहाँहरूले छोडे पनि हामी एक्लै लड्न छौं।”

यो कुनै बाध्यता नभई परिस्थितिअनुसार अगाडि बढ्ने कुरा भएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved