जसपाको संघीय परिषद् बैठक बस्दै

बैठकमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। बैठकले उक्त राजनीतिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ।

नेपाल भ्युज

जसपाको संघीय परिषद् बैठक बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको संघीय परिषद्को बैठक आज काठमाडौंमा हुँदैछ।

आज दिउँसो थापागाउँस्थित बानेश्वर बैंक्वेटमा बस्ने बैठकमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। बैठकले उक्त राजनीतिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ।

संघीय परिषद् बैठकपछि फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने जसपा नेपालले जनाएको छ।

केन्द्रीय समितिको बैठकमा संघीय परिषद्ले पारित गरेको राजनीतिक प्रतिवेदनमा छलफल हुनुका साथै स्थानीय निर्वाचन, विधान सम्मेलन लगायत विभिन्न समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved